कृषि ज्ञान केन्द्रको कार्य विवरण

  • जिल्लाको कृषि तथ्याङ्क प्रोफाइल तयार तथा अद्यावधिक गर्ने।
  • स्थानिय निकायमा कार्यरत कृषि प्राविधिकहरुलाई तालिम तथा क्षमता अभिवृद्धि गर्ने।
  • व्यवसायीक किसान, उद्यमी तथा कृषि फार्म सञ्चालनको लागि तालिम तथा क्षमता अभिवृद्धि गर्ने।
  • आधुनिक तथा उन्नत कृषि प्रविधिको प्रदर्शन, परिक्षण तथा सिफारिस गर्ने।
  • माटो तथा मल बिउ बालि संरक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा प्रदान गर्ने।
  • सङघीय कृषि विकास कार्यक्रम तथा आयोजनाको कार्यान्वयन तथा सम्पर्क विन्दुको रुपमा कार्य गर्ने।
  • प्रादेशिक कृषि विकास कार्यक्रम तथा आयोजनाको कार्यान्वयन गर्ने।
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्रभित्रका जोन र सुपरजोनको लागी प्राविधिक सेवा उपलब्ध गराउने।
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्रभित्रका पकेट तथा ब्लकको कार्यक्रम सञ्चालन तथा प्राविधिक सेवा उपलब्ध गराउने।
  • भौगोलिक विविधता अनुसारको प्रथामिकता प्राप्त बालि वस्तु विकासको योजना मुल्य अभिवृद्धि शृङ्खला विकास तथा कार्यन्वयनको समन्वय गर्ने।
  • आर्थिक महत्वका स्थानिय कृषि विविधताको पहिचान, संरक्षण तथा उपयोग गर्ने।
  • विभिन्न बालिनालिका रोग तथा कीराहरुको पेष्ट म्याप तयार गर्ने।
  • विभिन्न बालिनालिका रोग तथा कीराहरुको सङ्कलन पहिचान तथा संरक्षण गरी सङ्ग्राहलयको रुपमा विकास गर्ने।
  • स्थानिय बालि/ रैथाने बालि/ लोपोन्मुख तथा बालीको जर्म प्लाजम संकलन गरी Gene bank लाई उपलब्ध गराउने Gene bank सँग सहकार्य गर्ने।
  • स्थानिय तहका कृषि ईकाइहरुबाट कृषि सम्बन्धी तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने साथै असिना, बाढी, पहिरो जस्ता दैविक प्रकोपको विवरण सङ्कलन गरी तथ्याङ्क प्रादेशिक तथा सङ्घिय तालुक निकायहरुमा पठाउने।
  • बिउ, बिषादी तथा मलखाद विक्रेताहरुको अनुमति, नविकरण तथा अनुगमन गर्ने साथै तिनिहरुको क्षमता अभिवृद्धि गर्ने।
  • कमाण्ड क्षेत्रभित्र रहेका स्रोत केन्द्रहरु, फलफुल तथा तरकारीको नर्सरीहरुलाइ प्राविधिक सेवा प्रदान गर्ने।
  • कमाण्ड क्षेत्रभित्र रहेका फलफुल तथा तरकारीको नर्सरीको तालुक निकायको समन्वयमा प्राविधिक अनुगमन गरी प्राविधिक अनुगमन गरी प्राविधिक प्रतिवेदनका आधारमा निरोगिताको प्रमाण-पत्र उपलब्ध गराउने।
  • निरोगिताको प्रमाण-पत्रको बिना वीउ, बिरुवा, बेर्ना तथा अन्य रोपण सामग्रीहरुको ओसारपसारमा तालुक निकायसँग समन्वय गरी रोक लगाउने।
  • व्यवसायिक फर्म, विमा, कृषिजन्य, उद्योगमा विद्युतिकरण, बिषादि विक्रेता आदिको लागी सिफारिस प्रदान गर्ने।
  • कमाण्ड क्षेत्र भित्र कृषि उद्यम् तथा व्यवसाय सञ्चालन गर्न चाहनेहरुको लागी प्राविधिक तथा व्यवसायिक कार्ययोजना तयार गर्न सहयोग गर्ने।
  • कृषक वर्गीकरणको लागि स्थानिय सरकारसँग समन्वय तथा सहजिकरण गर्ने।
  • कृषि स्नातक तथा JT/JTA  कोर्ष अध्यनरत विद्याथिहरुको लागि इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्ने।
  • सङ्घीय एवम् प्रादेशिक कृषि सम्बन्धी ऐन, निति, नियम, नियमावलि, निर्देशिका सम्बन्धि सरोकारवाला निकायहरुलाई सुसुचित गर्ने, गराउने।
  • स्थानिय तह अन्तर्गत नगरपालिका, गाउँपालिका तथा वडाको विस्तृत स्थलगत सर्वेक्षण गरी भुगोल, हावापानी, मोहोडा, कृषि पर्यावरण, माटो परीक्षण तथा परम्परागत बालीनालीको आधारमा कृषिको व्यवसायिकरणको लागी आधारभूत कृषि प्रोफाईल तयार पार्न सहयोग गर्ने।

  • नेपाल कृषि अनुसन्धान परिसदसँग समन्वय गरी बाह्य अनुसन्धान स्थलको रुपमा कार्य गर्ने।
  • संघीय तथा प्रदेश सरकारले तोकेको अन्य प्राविधिक कार्यहरु गर्ने।
  • समग्र कृषि विकासको सम्बन्धमा संघ, प्रदेश र स्थानिय तह बिच पुलको काम गर्ने।
  • यस अघि साविक जिल्ला कृषि विकास कार्यलयले प्रतिनिधित्व गर्ने जिल्लास्तरका समितिहरुमा सहभागिता जनाउने।
  • कृषि विकासमा टेवा पुर्याउने अन्य कामहरु गर्ने ।