देशको आर्थिक मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रको विकास विना समग्र मुलुकको विकास सम्भव छैन ।स्याङ्गजा जिल्ला बाली विविधिकरण, व्यवसायिकरणमा प्रचूर सम्भावना भएको पर्यटकीय मनोरम जिल्लाको रुपमा परिचित  सङघीय कृषि विकास कार्यक्रम तथा आयोजनाको कार्यान्वयन तथा सम्पर्क विन्दुको रुपमा कार्य गर्न, प्रादेशिक कृषि विकास कार्यक्रम तथा आयोजनाको कार्यान्वयन गर्न, समग्र कृषि बिकासको सम्बन्धमा संघ, प्रदेश स्थानिय तह बिच पुलको काम गर्न यस अघि साविक जिल्ला कृषि विकास कार्यलयले प्रातिनिधित्व गर्ने जिल्ला स्तरका समितिहरुमा सहभमगिता जनाउन समग्रमा कृषि क्षेत्रको विकास गर्ने मुख्य उदेश्यका साथ संङघिय सरकारले देशभरिमा ५१ वटा कृषि ज्ञान केन्द्र स्थापना गर्ने निर्णय अनुसार गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय मातहत रहने गरी कृषि ज्ञान केन्द्र स्याङ्गजाको नाम बाट २०७५/०४/०१ गते स्थापना भएको हो। हाल यस कार्यालयले स्याङ्गजा जिल्लाको कृषि विकासको लागि सालवसाली रुपमा प्रदेश संघीय शसर्त कार्यक्रम तथा कार्यविवरणमा उल्लिखित कार्यहरु संचालन गर्दै आइरहेको

भौगोलिक स्थिति

प्रदेश : गण्डकी

जिल्ला : स्याङ्गजा

कुल क्षेत्रफल : १०३७.४६ वर्ग किमी

उचाई : ३६६ मीटर देखि २५१२ मीटर

सदरमुकाम : स्याङ्गजा पुतलीबजार

देशान्तर : ८३'२७पूर्व देखि ८४पुर्बी देशान्तर

पूर्व पश्चिम लम्बाई : २२. देखि ५२.३५५ किमी  (औसत ३२ किमी )

उत्तर दक्षिण लम्बाई : .७७३ देखि ३७.८३९ किमी (औसत २० किमी )

 

जिल्लाको  जनसंख्या विवरण

जनसंख्या : २५३,०२४

पुरुष : ११६,६७८

महिला : १३६,३४६

लैंगिक अनुपात : ८५।५७

अपांगता भएका व्यक्तिको संख्या : ६८३१

परिवारको औसत आकार : .६७

साक्षरता दर : ८१.६७

जनघनत्व : २१७ जना प्रति वर्ग किमी

सरदार जनसंख्या बृद्दिदर : -.२८